+
+
Shares

काभ्रे नमोबुद्धको जनकमावि केन्द्रमा मतदान सुरु भएन

अनलाइनखबर अनलाइनखबर
२०७४ वैशाख ३१ गते ८:५४


३१ बैशाख, काभ्रे । काभ्रेको नमोवुद्ध नगरपालिका-४ को दुईवटा केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन । शनिबार राति नवराज पाठकको हत्या भएको घटनाको कारण मतदान सुरु हुन नसकेको हो ।

नमोबुद्ध नगरपालिका-४ काफ्लेथोकस्थित जनक माविका दुईवटा केन्द्रमा केहीबेरका लागि मतदान रोकेको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पोखरेलले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘चुनाव स्थगित भएको छैन । हामीले आफैले केहीबेर रोकका हौं । समस्या समाधानको पहल भइरहेको छ ।’

मतदान केन्द्रमै सुरक्षा अधिकारी, स्थानीयबासी र पीडित परिवारका प्रतिनिधिहरुसँग अहिले छलफल गरिरहेको पोखरेलले जानकारी दिए ।

उनले भने, ‘उहाँहरु संयमित हुनुहुन्छ, सकारात्मक हुनुहुन्छ । अब छिट्टै समस्या समाधान हुन्छ होला ।’

जनकमावि केन्द्रमा झण्डै १४ सय मतदाता छन् । काभ्रेमा १८९ मतदान स्थल र ३०७ मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?