Comments Add Comment

भोट हालेपछि राष्ट्रकविको सन्देश-केन्द्रको झगडा गाउँटोलमा नल्याउनू

३१ वैशाख, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले पनि स्थानीय तहको निवार्चनमा मतदान गरेका छन् । काठमाडौंको लैनचौरको कन्या हाइस्कुलमा मतदान गर्दै ९७ वर्षाीय माधवप्रसाद घिमिरेले २० वर्षपछि स्थानीय चुनावमा भाग लिन पाउँदा खुसी लागेको बताए ।

उनले देशलाई अस्थिर नराख्न राजनीतिक दलहरुलाई आग्रह पनि गरे । उनले भने,’नेताहरु केन्द्रमा झगडा गर्नुहुन्छ, त्यसलाई अब स्थानीय स्तरमा नल्याउनू’ घिमिरेले भने,’गाउँटोलमा त मिलेर बस्ने हो । यहाँ दाजुभाई मिलेरै बस्नुपर्छ । यहीँबाटै मिलेर जानुपर्छ ।’

उनले प्रजातन्त्र आएको यतिको वर्षसम्म पनि देशले विकासको बाटो नसमातेको भन्दै प्रश्न गरे,’खोई त अहिलेसम्म विकास ?’ घिमिरेले सपरिवार उपस्थित भएर मतदान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment