+
+

पार्टी एकतामा समय लाग्नु अस्वाभाविक : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १५:४९

१४ चैत, काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको बाँकी काम छिट्टै पूरा हुने बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित नेकपाको प्रदेश ३ को पहिलो बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टी एकतामा ढिलाइ भएको स्वीकार गरे ।

‘झण्डै दश महिना भयो । पार्टी एकता यति समयसम्म लाग्न हुँदैनथ्यो । अस्वाभाविक भयो’ अध्यक्ष ओलीले थपे, ‘अब छिट्टै टुङ्गिन्छ ।’ तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रदे गएको वर्ष जेठ ३ गते पार्टी एकीकरणको घोषणा गरेका थिए ।
अध्यक्ष ओलीले पार्टी एकताका विषयमा असन्तुष्टि भए पार्टीभित्रै राख्न र भागवण्डामा आफू परिन भनेर नआत्तिन पनि

नेता/कार्यक्रतालाई आग्रह गरेका छन् । ‘यत्रो ठूलो संगठनमा कहिले–कहिले कुनै कुरामा चित्त नबुझेको हुन सक्छ । समुचित मुल्याङ्कन नभएको हुन सक्छ’ अध्यक्ष ओली भन्छन्, ‘भागवण्डाको कुरा पनि हुन्छ । भागवण्डाको कुरा गर्दा योगदानका कुरा, इतिहासका कुरा ओझेलमा परेको हुन सक्छ । तर, त्यो समय क्रममा आफैँ स्वस्थ प्रतिस्पर्धामा आउँदा पानीले आफ्नो लेभल आफैं मिलाएजस्तै संगठनले पनि समय क्रममा मिलाउँदै जान्छ ।’

अध्यक्ष ओलीले पार्टीभित्रको कुरा सार्वजनिक रुपमा राख्ने प्रवृत्ति बढेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । ‘पार्टीभित्रका असन्तुष्टि बाहिर सञ्चारमाध्यममा गएर भन्ने । भएका नभएका कुरा उछाल्ने प्रवृत्ति पनि छ’ उनले भने । अध्यक्ष ओलीले अहिलेको नेतृत्वबाट कसैलाई काखा र पाखा नगरेको पनि दावी गरे ।

प्रधानमन्त्री ओलीले सरकारले एक वर्षमा धेरै उपलब्धी हासिल गरेको पनि दाबी गरे । ‘यो एक वर्षमा धेरै काम भएका छन् । धेरै कानुनहरु बनेका छन । इतिहासमै धेरै अहिले जति कानुन बनेको थिएन’ उनले थपे, ‘केही भएन भन्नेहरुलाई म कहाँ पठाइदिनु पावरवाला चस्मा लगाएर पठाइदिन्छु ।’

सरकारको एक वर्षलाई आधार वर्षका रुपमा आफूले लिएको अध्यक्ष ओलीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?