Comments Add Comment

नुवाकोटमा मतदान केन्द्र नजिकै बम बिष्फोट

३१ बैशाख, काठमाडौं । नुवाकोटको बेल्कोटगढी नगरपालिकास्थित मतदान केन्द्र नजिकै बम बिष्फोट भएको छ ।

बेल्कोटगढी नगरपालिका वडा नम्बर ४ को पञ्चासे मावी मतदान केन्द्रभन्दा ५०० मिटरको दूरीमा बम बिष्फोट भएको र बिष्फोटले कुनै क्षति नगरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन बिथोल्ने उद्देश्यले बम बिष्फोट गराएको आशंका प्रहरीले गरेको छ । बम बिष्फोट गराएको आरोपमा स्थानीय शिवराम तामाङलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डिएसपी कँडेलले बताए ।

बिष्फोटपछि मतदान स्थलमा केहिबेर त्रास देखिएपनि मतदान प्रक्रिया भने नरोकिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment