Comments Add Comment

मतदान गरेपछि ओलीले भने- दोलखा लगायत केही स्थानमा सत्तापक्षले बल प्रयोग गर्‍यो

दोस्रो चरणका बारेमा पछि कुरा गरौंला

३१ बैशाख, भक्तपुर । प्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिकाको बालकोटमा मध्यान्ह मतदान गरेका छन् ।

ओली मतदानका लागि मध्यान्ह १२ बजे बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेका थिए । मतदानपछि पत्रकारहरुसँग कुरा गर्दै ओलीले दोलखा लागयतका केही ठाउँमा सत्तापक्षले सुरक्षाकर्मीको आडमा बुथ कब्जा गरेकाले त्यसबारे कुराकानी भइरहेको बताए ।

मतदानपछि उनले भने- दोलखालगायत केही स्थानमा उनीहरुले बल प्रयोग गरेका छन्,छिटफुट घटना बाहेक मतदान शान्तिपूर्ण र उत्सापूर्ण ढंगले भइरहेको खबर हामीले पाएका छौं । ती बल प्रयोग र बुथ कब्जा गरिएका ठाउँको सन्दर्भमा हामीले निर्वाचन आयोगसँग कुराकानी गरिरहेका छौं ।

दोस्रो चरणको चुनावका सन्दर्भमा पत्रकारले राखेको जिज्ञासामा भने ओलीले केही बोल्न चाहेनन् । उनले यतिमात्रै भने- केही ठाउँमा छिटपुट घटना भएका छन् । यस विषयमा कुराकानी भएको छ हामीले गम्भीर रुपमा लिएका छौं । सत्तापक्षले बल प्रयोग गरेको छ । दोस्रो चरणका बारेमा पछि कुरा गरौंला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment