Comments Add Comment

संविधान कार्यान्वयनमा ऐतिहासिक सफलताः उपराष्ट्रपति


३१ बैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले स्थानीय तहको पहिलो चरणको मतदान उत्साहपूर्वक सम्पन्न हुनुलाई संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता भनेका छन् । उनले दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।

‘स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा जसरी सम्पन्न भयो, त्यसैगरी दोस्रो चरणको निर्वाचन पनि साँच्चिकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास लिएको छु,’ पहिलो चरणको चुनाव सकिएलगत्तै धन्यवाद सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले भनेका छन् ।

उनले स्थानीय निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्ने बताए ।

‘नेपाली जनताको लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्कीलो स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्यतम सहभागीता र उल्लासमय वातावरणमा सम्पन्न भएको आजको ऐतिहासिक दिन हामी नेपालीहरुका लागि ज्यादै गौरवपूर्ण दिन हो । स्थानीय तह देशको समृद्धि र सुदृढ लोकतन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्ने छ,’ पुनको धन्यवाद सन्देशमा लेखिएको छ ।

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारीमा समेत रहेका पुनले सरकार, राजनीतिक दललहरु आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट समस्याहरु समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्ने विश्वास व्यक्त पनि गरेका छन् ।

सिंहदरबारमा केन्दि्रत अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पुर्‍याउने, जनताले आफ्नो शासन आफै गर्ने स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्ने सबै मतदाताहरुमा उनले बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् । साथै, निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत सबैलाई उपराष्ट्रपति पुनले धन्यवाद पनि दिएका छन् ।

यस्तो छ धन्यवाद सन्देश 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment