Comments Add Comment

रामेछापको खाँडादेवीको अध्यक्षमा एमालेका प्रेम तामाङ


५ जेठ, काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिकामा एमाले विजयी भएको छ । खँडादेवीको अध्यक्षमा एमालेका प्रेम तामाङ ४८७० मत पाएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका अध्यक्ष उम्मेदवार बेदराज लामाले ३२४४ मत पाए ।

उपाध्यक्षमा एमालेकै मखमली श्रेष्ठले जितिन् । उनले ४९१६ मत ल्याएर उपाध्यक्ष पद पक्का गरेकी हुन् । यो सँगै रामेछापका सबै स्थानीतहको नतिजा आएको छ ।

रामेछापको ८ मध्ये एक नगरपालिकासहित ४ गाउँपालिकामा एमाले, एक नगरपालिकामा नेपाली कांग्रेसर दुई गाउँपालिकामा माअेवादीले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment