Comments Add Comment

कस्तो चल्यो रेखा र छुल्ठिमको ‘डायरी’ ?


जेठ ५ गतेबाट रिलिजमा आएको चलचित्र ‘डायरी’ले काठमाण्डौका केही हलमा शनिबार सुखद व्यापार गरेको छ । चलचित्रकी निर्मात्री तथा नायिका छुल्ठिम गुरुङले हल-हलमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएकी थिइन् ।

शुक्रबार बिहान काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको प्रेस शोमा चलचित्रले मिश्रति समिक्षा पाएको थियो । काठमाण्डौका २० र मोफसलका ५५ पर्दाबाट एकसाथ रिलिजमा आएको यो चलचित्र हेरेका दर्शकले छुल्ठिमको चुलबुले शैली, नव-नायक सन्नी सिंहको एक्सन अवतार र नायिका रेखा थापाको बोल्ड भिलेन शैलीलाई मन पराएका छन् ।

नायिका छुल्ठिम गुरुङले भनिन्-‘काठमाण्डौ र मोफसलका हलबाट राम्रो रेस्पेन्स आइरहेको छ । दर्शकहरुले चलचित्र मन पराएको बताइरहनु भएको छ । म एकदमै खुशी छु ।’

छुल्ठिम, सन्नी र चलचित्रका निर्देशक अनिल योञ्जन शनिबार काठमाण्डौका केही हलमा पुगेका थिए । उनीहरुले दर्शकसँग बसेर चलचित्र हेरे र प्रतिक्रिया पनि लिएका थिए । शनिबार चलचित्रको अकुपेन्सी राम्रो रहेको निर्माणपक्षले बताएको छ । चलचित्रको वर्ड अफ माउथले फाइदा पुग्ने विश्वास यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment