+
+
Shares

काठमाडौंको उपमेयरमा हरिप्रभालाई ११ हजार मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ८ गते १३:५४

८ जेठ, काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनामा उपमेयरमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गीले ११ हजार भन्दा बढी मतको अग्रता लिएकी छन् ।

काठमाडौंको झण्डै आधा मत गणना भएको छ । जसमा खड्गीले २८ हजार ७६८ मत पाएकी छन् । उनलाई पछ्याइरहेका राप्रपाका उम्मेदवार राजाराम श्रेष्ठले १७ हजार ४८४ मत पाएका छन् ।

तेस्रो स्थानमा साझा पार्टीकी निरुपमा यादव छिन् । उनले ५ हजार ५७३ मत पाएकी छन् भने माओवादी केन्द्रकी उम्मेदवार सुशीला पौडेल ४ हजार ५४४ मतका साथ चौथो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?