मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

बिराटनगर र वीरगञ्जलाई महानगर बनाउने निर्णय, २२ स्थानीय तह थपियो (सूचीसहित)

स्थानीय तहको संख्या ७६६ पुग्यो, राजपाको सहमति

Suzuki
अनलाइनखबर

८ जेठ, काठमाडौं । सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ । साथै तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ ।

सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको नेतृत्वको कार्यदलको प्रस्ताव अनुसार स्थानीय तहको संख्या बढाउने निर्णय गरेको हो । ‘कार्यदलको रिपोर्टका आधारमा यो निर्णय भएको हो’ सञ्चारमन्त्री राम कार्कीले भने ।

कार्यदलले राष्ट्रिय जनता पार्टी नेपालसँग सहमतिमा नै स्थानीय तहको संख्या बढाउने प्रस्ताव गरेको थियो । यसमा राजपा नेपालको सहमति रहेको नेताहरूले बताएका छन् ।

कहाँ कति बढ्यो स्थानीय तह ?

बिराटनगर र वीरगञ्ज महानगरमा स्तरोन्नती गरिएको छ । २३ स्थानीय तह थप गरिएको छ । तर, वीरगञ्जलाई महानगर बनाउने क्रममा बेल्वा गाउँपालिका गाभिएकाले बढ्ने संख्या २२ हो ।

विराटनगरलाई महानगर बनाउन बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ (साविकको टंकीसिनवारी गाविस) तथा जदाह गाउँपालिकाको एक वडालाई गाभिएको छ ।

यो निर्णयसँगै मुलुकमा महानगरको संख्या ६ पुगेको छ । साथै देशभर स्थानीय तहको संख्या ७६६ भएको छ ।

सोमबार सर्लाही, नवलपरासी, रुपन्देही, कपिलवस्तुमा ३-३ थप भएको छ । सुनसरी, पर्सा र रौतहटमा २-२ स्थानीय तह थप भएको छ । तर, पर्साको एउटा स्थानीय तह वीरगञ्जमा गाभिएकाले त्यहाँ बढ्ने एक मात्र हो ।

यस्तै बारा, सप्तरी, धनुषा, बाँके र कैलालीमा पनि १-१ स्थानीय तह थप भएको छ ।

२४ स्थानीय गाउँपालिका नगर बने

सरकारले रौतहटका ११ सहित २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

महोत्तरीका ३ तथा झापा, बाँके र रुपन्देहीका २-२ गाउँपालिका नगरपालिका भएका छन् । यस्तै कैलाली, सिरहा, धनुषा र बारा एक गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरिएको छ ।

म्यादी प्रहरीको समय थप

मन्त्रिपरिषद् बैठकले म्यादी प्रहरीको समायावधी थप गर्ने निर्णय पनि गरेको सञ्चार मन्त्री कार्कीले बताए । बैठकले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको राष्ट्रिय कार्ययोजना अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानूनका सहसचिव कौशलचन्द्र सुवेदीलाई नियुक्त गरेको छ । बैठकले नेपाल पशु चिकित्सा परिषदको अध्यक्षमा डा. सीताराम अर्याल, सदस्यमा डा. स्वयंप्रकाश श्रेष्ठ र रजिष्टारमा डा. नारायण प्रसाद घिमिरेलाई नियुक्त गरिएको छ । दुग्ध विकास संस्थान सञ्चालक समितिको अध्यक्षमा रघुनाथ गौतम नियुक्त गरिएको र भलिबल खेललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

२०७४ जेठ ८ गते २१:२९ मा प्रकाशित (२०७४ जेठ ९ गते ८:४९मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • umesh ojha लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते २१:५२

    kathin prasab bedana pachhiko janmeko Managar jasle Mahanagar banne pahilei hak rakhtyo tara niti rajniti drisya paridrisya kahinabhaeko hadijatra yahi hunthyo Biratnagar lai pachhi parna dhanyachha nagarik samaj ko baliyo awaaj lai keep it Biratnagar will grow up

    0
    0
    Share

  • unknown लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते २२:०३

    khai succhi???

    0
    0
    Share

  • BP लेख्नुहुन्छ    |   २०७४ जेठ ८ गते २२:२३

    मधेशबादी दलहरु मधेशमा हर्सउल्लासकाका साथ् दिपावली गरि निर्वाचनमा जाने ….!
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    .
    समाचार सुन्न पाए ….!

    0
    0
    Share

  • T. Tulachan लेख्नुहुन्छ    |   २०७४ जेठ ९ गते ०:१३

    Whether these are gaaupaalikaa, upanagarpaalikaa or mahaanagarpaalikaa but we have to have criteria, quality but not only quantity!!! If we do have dusty road, dark street at night and excrement running along to roads, is it good to upgrade upanagarpaalikaa and mahaanagarpaalikaa???

    You add or deduct election areas but you need to win the heart and mind of people then we get votes if not you accept defeat forcibly.

    0
    1
    Share

  • Ram naresh mahato लेख्नुहुन्छ    |   २०७४ जेठ ९ गते ७:२१

    dhilai bhayepani madhesh badi dal lai pani sameter jane prayatna gariyeko chha nirnaya swagat yogya chha

    2
    1
    Share

  • Himalayan Brave लेख्नुहुन्छ    |   २०७४ जेठ ९ गते ७:२६

    देश लुटेराले अरु गर्न पो के सक्छन र। पहिला 601ले लुट्न सम्म लुटे र अब नयाँ ड्वाङ को बोकाहरुको पालो। एक दिन यस्तो दिन आओस जतिखेर यस्ता वाइयात निर्णय गर्नेलाई जनताले कारबाही गरोस।

    2
    1
    Share

  • mukesh patel लेख्नुहुन्छ    |   २०७४ जेठ ९ गते ८:५१

    Rautahat ma 11 ota municipality add garnu sarkar uchit hoin kin vane sewa subidha dieko xn ani tax lin ko lagi esto gareko ho

    1
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this