+
+
Shares

रासस महाप्रबन्धकमा शर्मा नियुक्त

 रासस  रासस
२०७४ जेठ ९ गते १५:४८

 ९ जेठ, काठमाडौँ । सरकारले राष्ट्रिय समाचार समिति राससमा रिक्त महाप्रबन्धकमा पत्रकार ओपेन्द्र शर्मालाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले शर्मालाई नियुक्त गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत माघ ६ गतेदेखि सो पद रिक्त थियो ।

त्यस्तै निर्यात तथा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशकमा शरद्विक्रम राणालाई नियुक्त गरिएको छ ।

बैठकले बूढीगण्डकी इन्जिनियरिङ प्रोक्यरमेन्ट कन्स्ट्रक्सन ढाँचामा अघि बढाउने सम्झौतापत्र तयार गर्न अर्थ मन्त्रालयलाई स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?