+
+
Shares

देवी ज्ञवाली भन्छन्-मतान्तर घटे पनि जित मेरै हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १० गते १३:२५

१० जेठ, चितवन । भरतपुर महानगरपालिकाका एमाले उम्मेदवार देवी ज्ञवालीले मतान्तर घटे पनि आफूले नै जित्ने दावी गरेका छन् ।

माओवादीकी उम्मेदवार रेणु दाहालसँगको मतान्तर घटिरहेका बेला देबीले अन्तिम समयसम्म पनि आफूले नै अग्रता लिइरहने दावी गरे ।

संचारकर्मीहरुसँग कुरा गर्दै ज्ञवालीले भने, ‘सबै वडाको अन्त भइसक्दा, मतगणना टुंगिदा मेरो अग्रता कायमै रहेर निर्वाचन परिणाम आउनेछ ।’

भरतपुर महानगरपालिकाका २९ वडामध्ये १७ वटा वडा गणना भइसक्दा माओवादी मेयरकी उम्मेदवार रेणु दाहाललाई करिब ३८ सय मतले पछि पारेका देबीको मतान्तर अहिले २५ सयसम्म घटेको छ ।

उनले कांग्रेस-माओवादीको प्रभाव क्षेत्रको मतगणना गर्दा मतान्तर कम हुनु स्वाभाविक भएको बताए ।

‘कतिपय क्षेत्रहरुको राजनीति, संगठनात्मक प्रकृति फरक-फरक हुन्छ । शिवनगर, सुन्दरबस्ती लगायतका केही ठाउँहरु छन् जहाँ कांग्रेस-माओवादीको संगठनात्मक आकार केही स्थितिमा छ,’ उनले पत्रकारहरुमाझ भने, ‘केही वडाहरुमा मैले जुन अग्रता प्राप्त गर्दै आइरहेको थिएँ, त्यो थोरै तल झर्ने छ । तर, केही वडाहरु आउनेछन् जसबाट मैले फेरि अग्रता लिनेछु ।’

ज्ञवालीले १४ नम्बर वडापछि २५ नम्बरको वडाको गणना गर्ने र त्यसमा अग्रता कायम रहने बताए ।

१५ नम्बर वडामा भने थोरै मतले आफू तल पर्ने उनले अनुमान गरे । वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडाको मत गणना गर्दा एमालेले अध्यक्षसहित प्यानल जित्ने र आफू भारी मतअन्तरले अगाडि हुने ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?