Comments Add Comment

हेटौंडा उपमहानगरमा कांग्रेस-माओवादी गठबन्धनलाई हराउँदै एमाले विजयी

१० जेठ, हेटौंडा । पहिलो चरणमा निर्वाचन भएका २८३ स्थानीय तहमध्ये एकमात्र उपमहानगरपालिका हेटौंडामा नेकपा एमालेले कांग्रेस-माओवादी गठबन्धनलाई परास्त गरेर बिजय हासिल गरेको छ ।

हेटौंडाको मेयरमा एमालेका हरिबहादुर महत र उपमेयर एमालेकै मीना लामा बिजयी भएकी छन् ।

मेयरमा एमाले हरिबहादुर महतले २३ हजार १२४ मत प्राप्त गरेर बिजयी भएका छन् भने निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका आनन्द पराजुलीले २२ हजार ५०९ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा एमालेकी मीना लामाले २३ हजार ४३७ मत प्राप्त गरेर बिजयी भएकी छन् भने निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बलराम वलले १७ हजार ११ मत मात्र प्राप्त गरे ।

मेयरमा ६१५ मतको फरक पर्दा उपमेयरमा भने एमालेकी मीनाले करीव ६ हजारको फरमा जित हासिल गरेकी छन् । उपमहानगरपालिकाका बहुमत वडामा पनि एमालेले बिजय हासिल गरेको छ ।

मतगणनाको सुरुदेखिनै कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार पराजुलीले महतलाई पछि पार्दै आएका थिए । तर हेटौंडा बजार प्रवेश गरेपछि महतले कांग्रेस उम्मेदवार पराजुलीलाई टक्कर दिए ।

हेटौंडा उपमहानगरपालिकाको बिजयलाई एमाले र कांग्रेस माओवादी गठबन्धन दुवैले प्रतिष्ठाको विषय बनाएका थिए । तर राप्रपा अध्यक्ष कमल थापाले मतदान गरेको यो उपमहानगरपालिकामा राप्रपा भने तेस्रोमा निकै तल खुम्चियो । राप्रपालाई हेटौंडामा एमालेपछिको दोस्रो शक्तिका रुपमा लिइन्थ्यो ।

मेयरमा निर्वाचित भएका महत हेटौंडाका पूर्व उपमेयर हुन् । उपमेयर मीना लामा एमाले जिल्ला उपसचिव तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघकी केन्द्रीय सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment