Comments Add Comment

यस्तो बन्यो सलमानको ‘ट्यूबलाइट’ ट्रेलर


इदमा रिलिज हुन लागेको नायक सलमान खान अभिनित चलचित्र ‘ट्यूबलाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार मुम्बइमा एक कार्यक्रमको आयोजना गर्दै दाजु भाइको कथामा आधारित चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

कविर खान निर्देशित यो चलचित्रमा सलमानका साथमा उनका भाइ सोहिल खानको मुख्य भूमिका छ । भारत र चीनको युद्धमा हराएको भाइको खोजीमा पुग्ने दाइको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रको ट्रेलर हेर्दा दर्शकलाई सलमान अभिनित चलचित्र ‘बजरंगी भाइ’को झल्को पनि आउँछ । सलमान यो चलचित्रमा ‘ट्यूबलाइट’ जस्तै ढिलो कुरा वुझ्ने एक पात्रको भूमिकामा देखिएका छन् । तपाइलाई यो चलचित्रको ट्रेलर हेरेपछि, यसले बक्स अफिसमा कस्तो व्यापार गर्छ जस्तो लाग्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment