सुन्दरताको लागि दैनिक ब्युटी प्लान गर्न जरुरी छ । अर्थात दिनहुँ तपाईले आफ्नो सौन्दर्यको ख्याल राख्नुपर्छ । छालालाई स्वस्थ्य राख्न, चम्किलो र मुलायम बनाउन हरेक दिन केहि न केहि व्युटी टिप्स फलो गर्नुपर्ने विज्ञहरुको सुझाव छ ।
क्लिन्जिङ
छालामा टाँसिएको धूलो-माटो, मैला र पसिनाबाट छालालाई रक्षा गर्न फेसवासको प्रयोग गर्नुपर्छ । यसले छालाको बन्द रोम-छिद्र खुल्छ र छाला स्वस्थ्य हुन्छ ।
स्मार्ट टिप्स
– दिनहुँ दुई पटक फेसवासले अनुहार धुनुहोस्, बिहान नुहाएको समय र साँझ घर फर्किसकेपछि ।
– फेसवास छनौट गर्दा आफ्नो छालाको प्रकृतिलाई ध्यान दिनुहोस् ।
– अनुहारमा डन्डिफोर छ भने एक्ने प|mी फेसवास प्रयोग गर्नुहोस् ।
– यदि स्किन ड्राई छ भने मिल्क, क्रीम वा आयल बेस्ड फेसवास प्रयोग गरौं । साथै पिएच ब्यालेन्स पनि जाँच्नुहोस् ।
– यदि स्किन तैलिया छ भने जेल बेस्ड फेसवासलाई प्राथमिकता दिनुहोस्, साथै यो पनि जाँच्नुहोस् कि फेसवासमा सेलिसिलिक एसिड छ/छैन ?
– अनुहारमा दुई पटक भन्दा धेरै फेसवास प्रयोग नगरौ, यसले छालाको नेचुरल आयल नष्ट गर्छ ।
– नुहाउनका लागि साधरण साबुन भन्दा ट्रान्पोरेन्ट जेल उपयोगी हुन्छ । किनभने साबुनले छाला रुखो हुन्छ ।
मोइस्चराइजिङ
मोइस्चराइजरले छालालाई नरम, मुलायम एवं कोमल बनाउन सहयोग गर्छ । मोइस्चराइजरको प्रयोगले छालामा आवश्यक तत्वको पूर्ति हुन्छ । त्यसैले राम्रो र स्वस्थ्य छालाको लागि मोइस्चराइजर आवश्यक हुन्छ ।
स्मार्ट टिप्स
– यदि तपाईको छाला नर्मल वा ड्राई छ भने एक दिनमा दुई पटक मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।
– यदि स्किन तैलिया छ भने दिनमा एक पटक मात्र मोइस्चराइजर लगाउनुपर्छ, त्यो पनि राती सुत्नुअघि ।
– फेसवास जस्तै मोइस्चराइजर छनौट गर्दा आफ्नो छालाको प्रकृतिलाई ध्यान दिनुपर्छ ।
– यदि छाला सुख्ख छ भने यस्तो मोइस्चराइजर छनौट गर्नुपर्छ, जसमा सोया बटर, कोको बटर र ओलिभ आयल होस् ।
– यदि छाला तैलिया छ भने वाटर बेस्ड मोइस्चराइजर खरिद गरौ ।
– अनुहारको टि जोन एरियामा राम्ररी मोइस्चराइजर अप्लाई गरौं ।
– अनुहारको साथै हात र खुट्टामा पनि मोइस्चराइजर लगाउनुपर्छ ।
लिप केयर
अनुहारको तुलनामा ओंठको छाला अधिक कोमल हुन्छ, त्यसलै यसको सौन्दर्य जोगाउन विशेष ख्याल गर्नुपर्छ ।
स्मार्ट टिप्स
– ओंठलाई नरम एवं मुलायम बनाइ राख्नका लागि दिनहुँ तीन वा चार पटक लिप बाम प्रयोग गर्ने ।
– ओंठलाई जिब्रोले चाट्ने भूल नगरौ, यसले ओंठ रुखो हुन्छ ।
– ग्लासी लिपस्टिक प्रयोग नगरेकै राम्रो ।
– फ्रुट बेस्ड लिप बाम प्रयोग नगरौं ।
सन प्रोटेक्सन क्रिम
सूर्यबाट आउने हानिकारक पराबैजनी किरणबाट छालाको रक्षा गर्नका लागि सन प्रोटेक्सन क्रिम प्रयोग गर्नुपर्छ । गर्मीमा मात्र होइन, जाडो र वर्षामा पनि सनस्क्रिन लगाउनु पर्छ ।
स्मार्ट टिप्स
– घरबाट बाहिर निस्कनु २० मिनेटअघि छालामा सन प्रोटेक्सन क्रिम लगाउनु पर्छ ।
– यदि आउटडोरका लागि जाँदै हुनुहुन्छ भने, २ वा ३ घण्टाको अन्तरालमा सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।
– ३० एसपीएपयुक्त सनस्क्रिन खरिद गर्नुहोस् ।
– यदि तपाईको अनुहारमा धेरै डन्डिफोर छ भने वा स्किन तैलिया छ भने जेल बेस्ड र आयल फ्री सनस्क्रिन छनौट गर्नुहोस् ।
– अनुहारमा मात्र होइन, खुट्टा र हातमा पनि सनस्क्रिन लगाउनु पर्छ ।
फेस प्याक
अनुहारको थकान हटाउनका लागि दिनमा एक पटक फेसप्याक लगाउनु राम्रो हो, यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ ।
सामन्य स्किन- नियमित रुपमा बेसार वा चन्दनको फेसप्याक लगाउनु पर्छ, यस किसिमले फेयरनेस वा ग्लोइग स्किनको लागि फेस प्याक प्रयोग गर्न सकिन्छ ।
ड्राई स्किन- छालाको रुखोपन क मगर्नका लागि मिल्क बेस्ड फेस प्याक छनौट गर्नुपर्छ, संभव भए दही र महको फेसप्याक लगाउन सकिन्छ ।
तैलिया स्किन- आयल कन्ट्रोल फेसप्याक लगाउनुपर्छ, जस्तो मुल्तानी माटो, यसले छालामा तैलियापन कम गर्छ ।
प्रतिक्रिया 4