भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको खानपान र स्वास्थ्य जीवनशैलीको निकै चर्चा हुने गर्छ । सात्विक भोजन सेवन गर्ने उनी योग, व्यायाम गर्छन् ।
मोदी भारतको प्रधानमन्त्री भएको तीन बर्ष पुगेको छ । यसबीचमा उनको दिनचर्या एकदमै चलायमान रह्यो । यद्यपी कहिल्यै बीमार भएनन् । शारीरिक अशक्तताको कारण उनले विदा पनि लिएनन् । उनले आफुलाई कसरी फिट एन्ड फाइन राखेका हुन् ?
एन्डी मरीनोको पुस्तक नरेन्द्र मोदीः अ पोलिटिकल बायोग्राफी अनुसार मोदीले बाल्यकालमै नुन खान छाडेका थिए । त्यसपछि खुर्सानी खान छाडे । केहि समयपछि उनले आफ्नो खान्कीबाट तेल पनि कटौती गरे । उनी मनतातो पानी पिउँछन्, गर्मीको दिनमा पनि ।
योग
मोदी राती जतिसुकै बेला सुतेपनि बिहान ४ देखि ५ बजेको समयमा उठिसक्छन् र योग गर्न भुल्दैनन् । सूर्य नमस्कार, प्राणायाम र योगासन नै उनको इनर्जी र फिटनेशको मूलमन्त्र हो ।
हिँड्ने
लामो समययता मोदी दैनिक रुपमा हिँडडुल गर्छन् । उनी आफ्नो बासस्थानमा केहि समय टहल्न निस्कन्छन् । यसले रक्तसंचार राम्रो हुन्छ ।
डिप ब्रेथिङ व्यायाम
मोदी दिनभरमा केहि पटक डिप ब्रेथिङ व्यायाम गर्छन् । यसले फोक्सोमा राम्ररी अक्सिजन प्रवाह हुन्छ ।
हेल्दी ब्रेकफास्ट
मोदी बिहान औषधिय गुणका चियासँगै स्वस्थ्य र हल्का नास्ता गर्छन् ।
भेज डाइट
मोदी भेजिटेरियन हुन् । उनी खानामा फलफूल, सागसब्जीका साथै सादा गुजराती वा दक्षिण भारतिय खाना रुचाउँछन् ।
एक पटकमा धेरै खाँदैनन्
उनी एकसाथ धेरै खानेकुरा सेवन गर्दैनन् । बेलाबेलामा फलफूल र हल्का स्न्याक्स लिन्छन् ।
मनतातो पानी
मोदी मनतातो पानी पिउँछन्, दिनभर ।
उपवास
नवरात्रीको दिन ९ दिन र यसबाहेकका दिन उनी उपवास गर्छन् । त्यसबेला उनी केवल कागति पानी मात्र सेवन गर्छन् ।
ध्यान
मोदी नियमित ध्यान बस्छन् । यसले उनको तनाव र मानसिक थकान कम हुन्छ ।
साउन्ड स्लिप
मोदी २४ घण्टमा केवल ३ देखि ४ घण्टा सुत्छन् । तर, उनी ओछ्यानमा पस्नसाथ निदाउँछन् र उठ्दा प|mेस हुन्छन् ।
मदिरा नपिउने
मोदी न चुरोट पिउँछन्, न मदिरा ।
प्रतिक्रिया 4