Comments Add Comment

दोस्रो चरणको चुनाव असार ७ या १४ गते गर्ने तयारी


१५ जेठ, काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ ।

निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव गरेका कारण उक्त मितिबारे आयोगमा छलफल भइरहेको छ ।

निर्वाचन आयोगले भने असार १४ गतेको प्रस्ताव अघि सार्ने सम्भावना छ । १३ गते रमजान सकिने र १५ गते राष्ट्रिय धान दिवस भएकाले असार १४ गते दोस्रो चरणको चुनाव गर्नु उपयुक्त हुने मत आयोगमा देखिएको छ ।

यद्यपि यसबारे कुनै निर्णय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment