Comments Add Comment

निक्षेपमा भएन सुधार, कर्जा निक्षेप अनुपातमा दबाब कायमै

१७ जेठ, काठमाडौं । चुनाव पछि बैंकहरुको पुँजी अभावको समस्या समाधान हुने अपेक्षा गरिएको भएपनि त्यस्तो हुन सकेको छैन् ।
वाणिज्य बैंकहरुको निक्षेप संकलन एक सातामा २ अर्बले घटेको छ । गत जेठ ६ गते बाणिज्य बैंकहरुमा १९ खर्ब ५७ अर्ब निक्षेप रहेको बैंकहरुमा जेठ १२ गतेभने निक्षेप घटेर १९ खर्ब ५४ अर्बमा सिमित भएको छ ।

एक साताको अवधिमा भने कर्जा लगानीमा २ अर्बकै वृद्धि भएको छ । जेठ १२ गते कर्जा लगानी १६ खर्ब ६४ अर्ब पुगेको छ ।

बैंकहरुको कर्जा बढिरहेको र निक्षेप संकलनमा सुधार नहुँदा कोर पुँजी र निक्षेपको जोडको तुलनामा कर्जा लगानी अनुपात (सीसीडी रेसियो) मा दबाब पुगेको छ । कोर पुँजी बाहेकको निक्षेप र कर्जा अनुपात (सीडी रेसियो) ८५.१४ प्रतिशत रहेको छ । यो भनेको लभगभ सीसीडी रेसियो ८० देखि ८१ प्रतिशतको हाराहारीमा हुन आउछ ।

राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले सीसीडी रेसियो अनुपात ८० प्रतिशत कायम गर्नुपर्छ । हाल, राष्ट्र बैंकले उत्पादनमुलक क्षेत्रमा गएको कर्जा लगानीको ५० प्रतिशत रकम सीसीडी रेसियोको गणनामा समावेश गर्न नपार्ने भएपछि सहज भएको छ ।

तर आगामी साउन १ पछि यो सहुलियत बैंकहरुले नपाउने भएकोले अहिले पनि बैंकहरुले निक्षेप बढाउन व्याजदर वृद्धि गरिरहेका छन् । हाल बैंकहरुले १३ प्रतिशतसम्म व्याज दर दिन थालेका छन् ।

यो पनि हेरौं : निक्षेप बढ्न नसकेपछि व्यक्तिगत खातामा नै १२.५ प्रतिशत व्याज प्रस्ताव गर्दै बैंकहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment