+
+
Shares

‘पञ्चायत’ रेड कार्पेटमा सरोजदेखि नीशासम्म

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १०:१३


चलचित्र ‘पञ्चायत’को चितवनमा रेड कार्पेट प्रिमियर गरिएको छ । नेपालमा फागुण १८ गतेबाट रिलिज हुने चलचित्रको रेड कार्पेट पि्रमियरमा चलचित्रका कलाकार, चलचित्रकर्मी र पत्रकार उपस्थित थिए ।

चलचित्रको रेड कार्पेटमा चलचित्रका नायक सरोज खनालको साथमा चलचित्रकर्मीहरु शोभित बस्नेत, बिमल पौडेल, निशा अधिकारी, गजित बिष्ट, जानवी बस्नेत लगायतको उपस्थित थियो । ५० बर्ष अगाडिको कथामा बनेको चलचित्र हेर्ने सबैले यसको बिषयवस्तुको तारिफ गरेका थिए । रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रलाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।

चलचित्र हेरेपछि नायिका निशा अधिकारीले यसको कथावस्तुको प्रशंसा गरिन् । चलचित्रकी मुख्य नायिका निता ढुंगाना भने देश बाहिर रहेकाले उपस्थित हुन सकिनन् । गणेश गिरीको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माताहरुमा शुसान्तकुमार श्रेष्ठ र शंकरप्रसाद सुवेदी छन् । चलचित्रमा सरोज खनाल, रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?