+
+
Shares

देउवालाई सरकार चलाउन सहज होस् भन्ने एमालेको चाहनाः खनाल

'संसद बैठक एमाले नै रोकेको हो'

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २१ गते १५:५७
फाइल तस्वीर

२१ जेठ, काठमाडौं । व्यवस्थापिका संसदको बैठक मंगलबारसम्म स्थगित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाको सत्तारोहण लम्बिएको छ । संसद सचिवालयले मंगलबार दिउँसो एक बजे बस्ने गरी बैठक स्थगित गरेको जानकारी सूचना टाँस गरेर दिएको छ ।

एमालेको प्रस्ताव अनुसार संसद बैठक स्थगित भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । उनले यसबीचमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा काम गर्न सहज होस् भनेर वातावरण बनाइने दाबी गरे ।

‘शेरबहादुर जीलाई काम गर्ने राम्रो वातावरण बनोस् भन्ने हाम्रो चाहाना छ,’ संसद भवन परिसरमा आइतबार पत्रकारहरुसँग कुरा गर्दै खनालले भने, ‘यो चाहानालाई पूर्ति गर्ने हिसाबले पनि यो दुई दिन महत्वपूर्ण हुन्छ ।’

तीनवटै तहका निर्वाचन सम्पन्न गर्ने अनुकूल वातावरण बनोस् भन्ने एमालेको चाहाना रहेको उनले बताए ।

नेता खनालले भने, ‘हामीले नै प्रस्ताव राख्यौं । दुई दिनसम्म घनिभुत रुपले छलफल गरौं । छलफल गरेर एउटा सहमतिमा पुगौं । राम्रो ढंगले अगाडि बढ्ने वातावरण बनाउने भनेपछि उहाँहरुले पनि मान्नुभयो । सहमतिका साथ नै पर्सि एक बजेसम्मका लागि सूचना टाँस गरेर हाउस स्थगित गर्ने निर्णय भयो ।’

उनले आजै सहमतिमा पुग्न नसकिएकाले दुई दिन समय लिइएको बताए । यसबीचमा सबैसँग छलफल हुने र एउटा टुंगोमा पुग्ने खनालले बताए । संसद बैठक एमाले नै कारण रोकिएको भन्दै खनालले भने, ‘हामीले नै रोकेका हौं । यसो भन्न हामीलाई कुनै आपत्ती छैन । दुई दिन बसेर राम्रोसँग छलफल गरेरमात्रै टुंगो लगाऔं भनेर हामीले प्रस्ताव गर्‍यौं । यसमा सहमति भयो ।’

नेता खनालले संघीय चुनाव नभएसम्म एमाले सरकारमा सहभागी नहुने बताए । ‘एमाले त अर्को संघीय चुनाव नभएसम्म सरकारमा जाला जस्तो मलाई लाग्दैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?