Comments Add Comment

भारतले प्रक्षेपण गर्यो अहिलेसम्मकै ठूलो रकेट

भारतले आफ्नो अहिलेसम्मकै गह्रौँ रकेट सफलतापूर्वक अन्तरीक्षमा प्रक्षेपण गरेको छ ।

बंगालको खाडी क्षेत्रस्थित श्रीहरीकोटाबाट भारतले ६ सय ४० टन तौलको रकेट प्रक्षेपण गरेको हो ।

रकेटको सफलतापूर्वक परीक्षण भारतीय इतिहासमा महान दिन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यो रकेटको प्रक्षेपणसँगै अब भारतीय अन्तरीक्षण अनुसन्धान संस्था इसरोलाई आफ्ना गह्रौँ उपग्रह पठाउनका लागि युरोपियन रकेटहरुको भर पर्नुपर्ने छैन ।

यो रकेटको तौल पाँचवटा जम्बो जेट तथा २ सय वटा हात्तीको तौल बराबर रहेको भनी कतिपयले तुलना गरेका छन् ।

विश्वको व्यवसायिक स्टाटेलाइट प्रक्षेपण बजारमा आफ्नो हिस्सा बढाउने प्रयत्नमा रहेको भारतका लागि पछिल्लो प्रक्षेपण निकै महत्वपूर्ण रहेको बताइउको छ ।

अन्तरीक्षमा गह्रौँ उपग्रहहरु प्रक्षेपण गर्दा भारत हालसम्म अन्य देशमा निर्भर रहनु परेको छ र यसले इसरोको ठूलो बजेट खर्च हुन्छ ।

जिएसएलभी मार्क तृतीय नामक यो रकेटले तिन टन सम्मको वजन बोकेर अन्तरीक्षयानहरु रहेको पृथ्वीको कक्षमा पुग्न सक्नेछ । पृथ्वीमा चालु रहेका टेलिभिजन, टेलिफोन तथा ब्रोडब्याण्ड इन्टरनेट कनेक्सन मूलभुत रुपमा सोही कक्षमा रहेका स्याटेलाइटमा निर्भर छन् ।

भारतले प्रक्षेपण गरको रकेट उसका लागि सबैभन्दा गह्रौँ भएतापनि यसले विश्व किर्तिमान भने राख्न सकेन । सन् १९६७ देखि १९७३ को बीचमा नासाले प्रक्षेपण गरेको स्याट्रर्न भी अहिलेसम्मकै गह्रौँ रकेट हो । जसको तौल अहिलेको भारतीय रकेटको चार गुणा बढि थियो ।

भारतीय अन्तरीक्ष वैज्ञानिकहरुका अनुसार यो रकेटले सन् २०२४ सम्ममा अन्तरीक्षयात्रीलाई समेत अन्तरीक्ष सम्म पूराउनेछ ।

रुस, अमेरिका र चीनपछि अन्तरीक्षमा मानव पठाउने भारत चौथो देश बन्न चाहन्छ ।

स्मरण रहोस् पछिल्लो समयमा अन्तरीक्ष विज्ञानमा भारतले एक पछि अर्को सफलता प्राप्त गरेको छ । यो वर्षको सुरुमा भारतले एकै मिसनमा १ सय स्याटेलाइट अन्तरीक्षमा पठाएको थियो । भारतको मंंगल ग्रह अभियानले पनि महत्वपूर्ण सफलता प्राप्त गर्दै आएको छ ।

भारतले पछिल्लोपटक प्रक्षेपण गरेको रकेटको उचाई ४३ मिटर रहेको बताइउको छ ।
बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment