+
+

ओलीलाई प्रचण्डको जवाफः देउवाले दबाव दिएर होइन, आफ्नै इच्छाले राजीनामा दिएको हुँ

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २३ गते १५:५९

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले कांग्रेस सभापति शेरबहादुर देउवाको दबावमा राजीनामा नदिएको बताएका छन् ।

साथै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिँदै इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्न चुनौती दिएका छन् ।

मंगलबार व्यवस्थापिका संसद बैठकलाई सम्बोधन गर्दै ओलीले चुनावको बीचमा किन राजीनामा दिएको ? कसको दबावमा दिएको भनेर प्रश्न गरेका थिए ।

संसदलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले आफूले कसैको दबावमा नभई आफूले समझदारी अनुसार राजीनामा दिएको बताए ।

एमाले र माओवादीबीच भएको सत्ता हस्तान्तरणको समझदारी पालना नभएको स्मरण गर्दै उनले इमानको मुखले भनेर भन्दा व्यवहारमा स्थापित गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?