Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः सिंहदरबार फर्किए शेरबहादुर, विदा भइन् प्रधानन्यायाधीश

२४ जेठ, काठमाडौं । ७१ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको विषयले आजका पत्रपत्रिका रंगिएका छन् । अधिकांश राष्ट्रिय दैनिक पत्रिकाहरुले देउवा प्रधानमन्त्रीमा निर्वाचित गर्ने क्रममा संसद्मा भएका गतिविधिलाई विभिन्न कोणहरुबाट पस्केका छन् ।

प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकास लिएको विषयलाई पनि पत्रपत्रिकाहरुले लेखेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको विषयलाई गोरखापत्र दैनिकले मुख्य खबर बनाएर लेखेको छ । गोरखापत्रले प्रधानमन्त्रीको इतिहासबारेको एक सामग्रीलाई एंकर बनाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले प्रधानमन्त्री शेरबहादुर देउवाले कम बोल्ने तर धेरै गर्ने भनेर दिएको अभिव्यक्तिलाई लेखेको छ । प्रधानन्यायाधीशको असहज बगिर्गमनदेखि कतारमा नेपालीलाई पर्ने असरसम्मका सामग्री अन्नपूर्णले पहिलो पृष्ठमा पस्केको छ ।

कान्तिपुर दैनिकले देउवा चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भएको लेखेको छ । नागरिक दैनिकले प्रधानमन्त्री देउवाका अबका कार्यभारबारे सामग्री छापेको । नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री निर्वाचनका क्रममा संसद्मा भएका विविध गतिविधिलाई मुख्य खबर बनाएर छापेको छ । नयाँ पत्रिकाले प्रधानन्यायाधीश सुशीला कार्कीले जाँदा जाँदै न्यायपरिषद्को बैठकविनै प्रधानन्यायाधीश सिफारिस गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment