Comments Add Comment

नेपालमा लगानी गर्न क्यालिफोर्नियाका सांसदलाई उद्योगीको आग्रह

७ जुन, अमेरिका । नेपाली युवा उद्यमीहरुको प्रतिनिधि मण्डलले अमेरिकाको क्यालिफोर्नियाका कंग्रेसम्यान इरिक स्वालवेललाई भेटेर नेपालमा अमेरिकी लगानी भित्र्याउन आग्रह गरेका छन् ।

अमेरिकाको सिलिकन भ्यालीका लागि नेपाली अवैतनिक पर्यटन दूत प्रकाश थापाको नेतृत्वको टोलीले इरिकलाई भेट्दै यस्तो अनुरोध गरेका हुन् ।

थापासँगै व्यवसायीहरु सुशीलल पोखरेल, ज्ञानेन्द्र खड्का, भुपराज पाठक र मंगलमान तामाङसहितको प्रतिनिधि मण्डलले अमेरिकी प्रतिनिधि सभाका सदस्य रहेका एरिकलाई भेट्दै नेपालका विभिन्न क्षेत्रमा लगानीको प्रचुर अवसर रहेको जानकारी गराउँदै लगानीका लागि आग्रह गरे ।

त्यस अवसरमा नेपालमा विशेषगरी जलविद्युत र पूर्वाधार क्षेत्रमा लगानीको धेरै अवसर रहेको जानकारी गराएका थिए । टोलीले सांसद एरिकलाई दुई सरकारबीच लगानी आदानप्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सांसद इरिकले नेपालजस्ता विकासोन्मुख मुलुकमा अमेरिकी लगानी भित्र्याउन सघाउन पाउँदा आफूलाई खुशी लाग्ने बताए । उनले दुई वर्षअघि नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारका तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउन आफूले सक्रियतापूर्वक खेलेको भूमिकको स्मरण गर्दै आफ्नो तर्फबाट प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment