Comments Add Comment

बिहान दौडँदा यस्तो गल्ती त गरिरहनु भएको छैन ?

दौडनु स्वास्थ्यका लागि निक्कै फाइदाजनक छ । यसले शरीरमा रक्त प्रवाह सुचारु गराउँछ, सबै अंगलाई सक्रिय तुल्याउँछ भने हड्डी, मांसपेशीलाई बलियो बनाउँछ ।

खासगरी मुटुको स्वस्थ्यका लागि दौडनु लाभदायक हुन्छ । त्यही कारण स्वास्थ्यप्रति सचेत व्यक्तिहरु बिहान सवेरै दौडन निस्कन्छन् । दौडदा शरीरको सबै अंगको समान व्यायाम हुने बताइन्छ ।

तर, दौडिएको समयमा पनि मानिसहरुले केहि गल्ती गरिरहेका हुन्छन् । के छन् त त्यस्ता गल्ती ?

वार्म अप नगर्नु

दौडन सुरु गर्नुअघि थोरै वार्म अप गर्नुपर्छ । केवल दौडनुमात्र होइन, अन्य व्यायाम गर्नुअघि पनि हल्का वार्म अप जरुरी हुन्छ । दौडनुअघि किन वार्म अप गर्ने त ?

किनभने दौडनु भनेको तिब्र गतिमा गरिने कार्डियो जस्तै हो । वार्म अप गर्दा तपाईको खुट्टा, हिप्स आदि बलियो हुन्छ र दौडन सहज हुन्छ । कुनैपनि किसिमको चोट लाग्दैन ।

आफ्नो क्षमताभन्दा तीब्र दौडनु

तपाईको दौडको गति त्यति धेरै हुनुहुन्न कि, शरीरले सहज महसुष गर्न नसकोस् । यसले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ । आफुलाई सहज लाग्नेगरी मात्र दौडनुपर्छ ।

ठिक ढंगले नखानु

केहि अध्ययनहरुमा पाइएको छ कि, मांसपेशीद्वारा पोषक तत्व अब्जर्ब गर्ने दर वर्क आउट गरेको ४५ मिनेटको बीचमा सबैभन्दा धेरै हुन्छ । अतः दौडिएपछि केहि न केहि खानैपर्छ । तपाईको खानामा प्रोटिनको मात्रा राम्रो हुनुपर्छ ।

धेरै दौडनु

यदि तपाई एकै पटक लामो दुरी दौडनु हुन्छ, दौडको गति एकदमै तिब्र छ भने त्यो सहि तरिका होइन । यदि तपाईलाई दौडको दुरी बढाउन मन छ भने त्यसलाई विस्तारै-विस्तारै बढाउनुहोस् ।

असजिलो जुत्ता

धेरैजसोले दौडनका लागि सहज जुत्ता लगाउँदैनन् । यसले दौडलाई प्रभावकारी बनाउन सक्दैन । त्यसैले दौडनका लागि सहज जुत्ता लगाउनु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment