Comments Add Comment

अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट पाँचथरमा एकको मृत्यु

२६ जेठ, ताप्लेजुङ । पाँचथरकाे फिदिम नगरपालिका–१ साब्राङमा शुक्रबार अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट एकजनाको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–१ साब्राङका अन्दाजी ५५ वर्षीय भीमबहादुर केरुङको खुकुरी प्रहारबाट ज्यान गएको हो ।

आफ्नै घरको बरन्डामा सुतिरहेका केरुङमाथि अज्ञात व्यक्तिले राति १ बजेतिर घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते उनको उपचारको क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment