
२५ वैशाख, काठमाडौं । व्यक्ति हत्या र ज्यान मार्ने उद्योगका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने ५५ वर्षीय रामदहिन महतो भन्ने गुजरा महतो छन् ।
महतो समेतले गत चैत २ गते चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीय आशु यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।
सोही ठाउँ बस्ने रूपेश कुमार यादव घाइते भएका थिए ।
हत्या र ज्यान मार्ने उद्योगमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले धनौजी गाउँपालिका–४ बाट पक्राउ गरेको हो । हत्या र ज्यान मार्ने उद्योगको कसुरमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4