+
+
WC Series
पोखरा एभेन्जर्स 2025
44/3 (6.5)
VS
७९ बलमा १२२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

जंगली साग खाँदा एकजनाको मृत्यु, पाँचजना विरामी

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २८ गते १३:२९

२८ जेठ, बागलुङ । बागलुङको गल्कोटमा जंगली साग खाँदा एक जनाको मृत्यु भएको छ । साग खाएर सोही ठाउँका अन्य पाँच जना बिरामी परेका छन् ।

गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका ४० वर्षीय दुर्गाबहादुर काउचाको शनिबार राती मृत्यु भएको हो ।

जंगलबाट ल्याइएको ‘घिरमती’को सागसँगै शनिबार राति खाना खाएका काउचा एक्कासी बिरामी परेका थिए । उनलाई तत्कालै गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सागसँग खाना खाएलगत्तै काउचालाई घुमाउने, बान्ता हुने लक्षण देखिएको थियो ।

साग खाएर बिरामी परेका अन्य पाँच जनालाई उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?