Comments Add Comment

ओप्पोको फेशनेवल एफथ्री ब्ल्याक भर्सन सार्वजनिक

क्रिकेटसँगको सहकार्य मनाउन कम्पनीद्वारा नयाँ टीभीसी पनि सार्वजनिक

२७ जेठ, काठमाडौं । क्यामेरा फोन ब्राण्ड ओप्पोले कालो रङ्मा एफथ्रीको नयाँ भर्जन सार्वजनिक गरेको छ । मध्यम बर्गीय बजार लक्षित कालो रङमा सार्वजनिक गरिएको एफथ्री ब्ल्याक भर्जनको मूल्य ३२ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीले केही समय अगाडि ओप्पो एफथ्री प्लस पछि सार्वजनिक गरेको एफथ्री गोल्ड भर्जन, डुअल फ्रण्ट क्यामेरासहित ग्रुप सेल्फी पुस्ता लक्षित दोस्रो स्मार्टफोन हो ।

ओप्पो एफथ्रीमा डुअल फ्रण्ट क्यामेरा उपलब्ध छ । एकल सेल्फीका लागि फोनमा १६ मेगा पिक्सेल र ग्रुप (सामूहिक) सेल्फीका लागि वाइड एङ्गल लेन्ससहितको क्यामेरा जडान गरिएको छ ।

उपभोक्ताको आवश्यकता अनुसार उत्पादन उपलब्ध गराउने आफ्नो प्रतिबद्धता पूरा गर्दै ब्राण्डले उपभोक्ता, विशेषगरी युवा पुस्तासंग आफ्नो सम्बन्ध थप सुदृढ गर्न चाहेको जनाएको छ ।

कम्पनीका अनुसार एफथ्रीको ब्ल्याक भर्जन नेपाली बजारमा जेठ २७ देखि प्रमुख मोबाइल बिक्रि केन्द्रहरु मार्फत बजारमा उपलब्ध हुनेछ ।

‘उपभोक्ता मागको सुनुवाइ गर्दै तिनको आवश्यकता अनुरुप उत्पादन उपलब्ध गराउनु हाम्रो प्रमुख प्राथमिकता हो’ ओप्पो एफथ्रीको ब्ल्याक भर्जन सार्वजनिक गर्दै ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जीले भने-‘नेपाल प्रवेश गर्दा देखिनै हाम्रा उपभोक्ता, तिनमा पनि विशेषगरी युवा पुस्ताले फोनमा रङ्को विकल्प माग गर्दै आइरहेका थिए । कालो रङ्ले स्टाइल र आत्मविश्वासको समेत प्रतिनिधित्व गर्छ । नयाँ एफथ्री मार्फत हामी उपभोक्तालाई नयाँ स्टाइल स्टेटमेण्ट स्थापित गर्ने अवसर प्रदान गर्न चाहान्छौँ ।’

नेपालमा पनि क्रिकेट प्रति कम्पनीको मायाँ दर्साउने सोचका साथ कम्पनीले खेलसँग सम्बन्धित नयाँ टीभीसी सार्वजनिक गरेको छ ।

डुअल सेल्फी क्यामेराका साथै, ओप्पो एफथ्रीमा १३ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध छ । यसमा पीडीएएफ प्रविधिका साथै १/३ ईञ्च सेन्सर पनि जडान गरिएको छ  । एफथ्रीमा ४ जीबी र्‍याम र ६४ जीबी रोम सहितको कलर ओएस ३.० (सञ्चालन प्रणाली) र ओक्टा-कोर प्रोशेसर छ । यसले मल्टिटास्किङका साथै, तिब्र गतिको कार्य सम्पादन क्षमताको सुनिश्चितता प्रदान गर्छ । फोनमा जडान गरिएको टि्रपल स्लोट कार्ड ट्रेमा दूईओटा नानो सिम र मोइक्रोएसडी कार्डको एकसाथ प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ताले लामो समय सम्म फोनको निरन्तर प्रयोग गर्ने सुविधा प्राप्त गरुन् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । कम्पनीले वास्तविक प्रयोगद्वारा फोनमा रहेको ब्याट्रीको परिक्षण गरिँदा फोनले निरन्तर १५ घण्टा काम गरेको जानकारी दिइएको छ ।

ओप्पोले फोटोग्राफी प्रविधिमा नवप्रबर्तनात्मक विकास पस्कँदै विगत १० बर्षदेखि क्यामेरा फोनको उत्पादनमा आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । सेल्फी यूगको थालनी गरेको ओप्पो १६ मेगा पिक्सेल क्षमता सहितको फ्रन्ट क्यामेरा उपलब्ध गराउने पहिलो ब्राण्ड हो । मोटरको प्रयोग मार्फत (मोटोराइज्ड) घुम्ने क्यामेरा, अल्ट्रा एचडी फिचर र फाइभएक्स डुअल क्यामेरा जुम प्रविधि पहिलो पल्ट उपलब्ध गराउने ब्राण्डका रुपमा पनि ओप्पो परिचित छ ।

यूवा पुस्ताको ब्योहोराप्रतिको गहन अनुभव रहेको अप्पोले सन् २०१६मा सेल्फी एक्स्पर्ट एफ सिरिजका साथमा नेपाली बजारमा सेल्फी केन्दि्रत स्मार्टफोन सार्वजनिक गरेको हो । पहिलो पटक सार्वजनिक गरिएका उत्पादन बजारमा निकै लोकप्रिय भए र ब्राण्डले उद्योगमै ट्रेण्डको अगुवाइ समेत गर्यो । आईडीसीका अनुसार सन् २०१६मा ओप्पोले वैश्विक रुपमै चौँथौँ स्मार्टफोन ब्राण्डको उपाधी हात पार्यो । अहिलेको समय सम्म आइपुग्दा ओप्पोले विश्वभरका १० करोड भन्दा बढी सङ्ख्यामा यूवाहरुलाई उत्कृष्ट स्मार्टफोन फोटोग्राफी अनुभव प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment