Comments Add Comment

काठमाडौंमा आफ्नै पार्टीलाई हराउनेहरुलाई चिनौंः प्रकाशमान

२९ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा काठमाडौं महागरसहितका स्थानीय तहमा पार्टीले व्यहोरेको हारको समिक्षा हुन थालेको छ । सोमबार काठमाडौंका मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा नेताहरुले हारको कारण खोजी हुनु पर्ने बताए ।

पूर्वमहामन्त्री समेत रहेका कांग्रेस नेता प्रकाशमान सिंहले ३६४ दिन कांग्रेस हुने तर, एक दिन गैरकांग्रेस हुनेलाई चिन्नु पर्ने बताए । ‘भगवान, शत्रुहरुसँग म आफैं लड्नसक्छु, मलाई आफ्नै साथी बचाऊ’ भन्दै उनले आफ्नै पार्टीका उम्मेदवारलाई हराउनेहरुलाई अरु केही गर्न नसके पनि चिन्नु पर्ने बताए ।

उनले जिल्ला सभापतिलाई काठमाडौं महानगरसहित सबै स्थानीय तहका वडावडामा रहेका कांग्रेसका क्रियाशील सदस्यहरुले के गर्‍यो  खोजी गर्न आग्रह गरेका छन् । उनले भने, ‘रोगको पहिचान गरेपछि डाइगोनेसिस पनि गर्नुपर्छ ।’

उनले मेयरमा पराजित राजुराज जोशीलाई चुनावमा हार जित हुने भन्दै अन्यता नलिन आग्रह गरे । साथै उनले महानगरमा प्रतिपक्षीको भूमिका खेल्न सुझाएका छन् ।

नेता सिंहले अर्को चुनावमा कांग्रेसले ०६४ को संविधानसभामा जस्तै पहिलो पार्टी बनाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment