करिब ५ बर्ष भोजपुरी चलचित्र दुनियाँमा हराएपछि नायक विराज भट्ट चलचित्र ‘जय परशुराम’बाट नेपाली चलचित्रमा फर्किए । यो चलचित्रले बम्पर कमाई गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, विराजले सोचेजस्तो भएन । चलचित्रले खासै गतिलो व्यापार गरेन ।
यसपछि, फेरि विराज गायब छन् । नेपाली चलचित्रमा नयाँ नयाँ नायकहरु भित्रिदा विराजको क्रेज अब फेरि फर्कन्छ या र्फकदैन भन्ने टिप्पणी हुन थालेको छ ।
नायक विराज भट्टले भने आफूले नेपाली र भोजपुरी चलचित्रलाई जोड्न खोजेको बताएका छन् । काठमाण्डौमा आयोजित एक कार्यक्रममा पुगेका विराजले नेपाली चलचित्र र भोजपुरी चलचित्रको संकृतीलाई जोड्न र दुई चलचित्र नगरीविच निकटता कायम गर्न आफूले प्रयास गरिरहेको बताए । यही कारणले गर्दा आफूले नेपाली र भोजपुरी चलचित्रमा काम गरिरहेको उनले सुनाए ।
विराजका अनुसार उनले नयाँ चलचित्रको छायांकन साउनको अन्तिम साताबाट सुरु गर्नेछन् । विराजले चलचित्रको बारेमा अन्य जानकारी भने दिएनन् । वुझिएअनुसार, अहिले विराजले अभिनय गर्ने नयाँ चलचित्रको कथामा काम भैरहेको छ ।
प्रतिक्रिया 4