+
+

राजपालार्इ चुनावमा ल्याउन देउवा र प्रचण्डबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ २९ गते १९:२८

२९ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न प्रधानमन्त्री देउवा सोमबार बेलुका प्रचण्डनिवास लाजिम्पाट पुगेका थिए । देउवा र प्रचण्डबीच सरकार सञ्चालन, मन्त्रिपरिषद बिस्तार, राजपालाई चुनावमा ल्याउने विषयमा छलफल भएको थियो ।

छलफलमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने र राजपासँग वार्ता र सम्वादको प्रक्रिया पनि जारी नै राख्ने समझदारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?