+
+

राजपा किल्लामा उपेन्द्रको ‘इन्ट्री’

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३० गते ५:५६


३० जेठ, काठमाडौं । सर्लाही राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र रायको गृहजिल्ला हो। उनीहरु तीनैजनाले चुनाव छाडेर आन्दोलनमा लाग्ने घोषणा गरिसकेका छन् भने १० वर्षसम्म सँगै आन्दोलनमा रहेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा ओर्लिएका छन्।

चुनावमा जाने भएपछि राजपासँग सम्बन्ध बिग्रिएको अवस्था छ। यही बेला नेता यादव राजपका नेतात्रयको गृहजिल्ला सर्लाहीमा चुनावी गतिविधिमा केन्द्रित छन्। विगतका आन्दोलनको जस लिन पनि यादव चुनावी मैदानमा अहोरात्र खटिएका छन्।

राजपाको चर्को विरोध हुँदाहुँदै पनि कार्यकर्ता प्रवेश सभामा सम्बोधन गर्दै यादवले मलंगवा र राजमार्ग क्षेत्रका कार्यकर्तासँग भेटघाट गरे। चुनाव रोकेर रोकिँदैन भन्दै उनले तयारीमा लाग्न कार्यकर्ताको हौसला बढाए। उनले सर्लाहीमा दुई दिन समय दिए। पटकपटक विभिन्न ठाउँमा राजपा कार्यकर्ताले यादवलाई अवरोध गर्न खोजे तर सफल हुन सकेनन्। फोरम नेपाललाई राजपाको विरोधले असर पार्न सकेन।

राजपालाई चुनावमा आउन आग्रह गरेका यादवले चुनावी मैदानमा अवरोध गर्न कोही आइलागे आफ्नो पार्टी पनि जाइलाग्ने चेतावनी दिएको नागरिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?