Comments Add Comment

उच्च अदालतले सोध्यो, सञ्जय दत्तलाई चाँडै रिहाई किन ?

बलिउड अभिनेता सञ्जय दत्त जेलबाट छुटेयता भटाभट फिल्म साइन गरिरहेका छन् । तर, उनलाई अझै समस्याले पिछा छोडेको छैन ।

बम्बै उच्च अदालतले सञ्जयलाई छिट्टै रिहा गरेकोमा महाराष्ट्र सरकारलाई प्रश्न सोधेको छ । अधिकांस समय ‘पेरोल’ मा रहेका उनी आठ महिना अगाडि जेलबाट कसरी निस्किए भनेर अदालतले सोधेको हो ।

अदालतले भनेको छ, ‘सरकारले सञ्जयलाई रिहा गर्दा उनको असल व्यवाहारको हवाला दिएको थियो, तर उनी आधाउधि समय पेरोलमा बाहिर थिए । यस्तोमा सरकारले उनको असल व्यवहारको आँकलन कहिले र कसरी गर्‍यो ?’

न्यायाधिस सावन्तले सोधेका छन्, ‘सरकारले डिआइजीसँग सल्लाह लिएको थियो कि जेल निरिक्षकले सोझै आफ्नो सिफारिस राज्यपाललाई सुम्पेका थिए ?’

सञ्जय दत्तलाई १९९३ को श्रृंखलावद्ध बम विष्फोटको घटनामा पाँच वर्षको जेल सजाय सुनाइएको थियो । उनको असल व्यवहारलाई मध्यनजर गर्दै पुणेको यरबदा जेलले निर्धारित समयभन्दा आठ महिना अगाडि फेबु्रअरी २०१६ मा जमानत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment