+
+
Shares

राजपा नेताले भने- संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा जाँदैनौं

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ ३१ गते १६:२८

३१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता वृषेशचन्द्र लालले संविधान संशोधन नभएसम्म आफूहरु कुनैपनि निर्वाचनमा भाग नलिने स्पष्ट पारेका छन् ।

संविधान संशोधन गर्छु भनेर सरकारले पटक-पटक लिखित सम्झौता समेत गरेको तर, अहिलेसम्म कुनैपनि सम्झौता कार्यान्वयन नगरेको भन्दै उनले अब जालझेलमा नपर्ने बताए । उनले भने, ‘संविधान संशोधन नभएसम्म हामी कुनैपनि निर्वाचनमा भाग लिँदैनौं, किनकी सरकारले धेरै पटक संशोधन गर्छु भनेर हामीलाई झुक्याउने काम भएको छ, अब हामी झुक्किनेवाला छैनौं ।’

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राजपा नेता लालले चुनावको मिति सार्नु वा नसार्नु भन्नेबारे आफूहरुको कुनै चासो नभएको बताए । उनले भने ,’चुनावको मिति हाम्रो चासोको विषय होइन, तर अहिले हामीलाई यसबारेमा मुछ्ने काम गरिएको छ, यो सुनियोजित प्रचार मात्रै हो ।’

नेता लालले अघि भने, ‘हाम्रो मुख्य माग भन्नुहोस् या बटमलाइन भनेको संविधान संशोधन मात्रै हो ।’

आन्दोलनमा जनता जोडिएको भन्दै उनले संविधान संशोधन नगरी हुन चुनावमा अवरोध गर्ने बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?