३१ जेठ, काठमाडौंं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसले दाङका दुबै उपमहानगरपालिकामा उम्मेदवारहरुको टुंगो लगाएको छ ।
तुलसीपुरमा गेहेन्द्र गिरीलाई र घोराहीमा भुपबहादुर डाँगीलाई मेयरको उम्मेदवार बनाइएको छ । गिरी पूर्वसांसद हुन् भने डाँगीले दुई कार्यकाल क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेका छन् ।
यसैगरी तुलसीपुरको उपमेयरमा देबिका नेपाली र घोराहीको उपमेयरमा पुष्पा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको दाङका कांग्रेस सांसद राजु खनालले जानकारी दिए ।
तुलसीपुरमा शंकर गिरी, घनश्याम रेग्मी र तेजबहादुर बस्नेत मेयरको आकांक्षी थिए । यसैगरी घोराहीमा कांग्रेसका पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरे प्रमुख दाबेदार थिए ।
यसैगरी घोराही उपमहानगरपालिका वडानम्बर १० को अध्यक्षको टिकट चित्रबहादुर डाँगी ‘निर्मल’ले पाएका छन् । वडा नम्बर १० कसलाई अध्यक्ष बनाउने भन्ने विवाद थियो ।
लमहीमा जोगराज, राप्तीमा लुमानन्द
यसैगरी लमही नगरपालिकाको प्रमुखको उम्मेदवार जोगराज चौधरी र उपप्रमुखको उम्मेदवार देवका बेलबासेलाई बनाउने कांग्रेसले निर्णय गरेको छ ।
यसैगरी राप्ती गाउँपालिकामा लुमानन्द सुवेदी र जगदम्बा चौधरी, गढवा गाउँपालिकामा श्रीपद चौधरी र शकुन्तला डिसी, राजपुर गाउँपालिकामा लोकराज केसी र धनपती यादव तथा बंगलाचुलीमा भोजराज पाण्डे अध्यक्षको उम्मेदवार बनेका सांसद राजु खनालले जानकारी दिए ।
दाङमा कांग्रेसका उम्मेदवार बनेकाहरु खुमबहादुर खड्का निकट हुन् । धेरै मतदाता भएका घोराही, तुलसीपुर, लमही र राप्तीमा आफ्ना पक्षका उम्मेदवार पार्न सफल भएर खुमबहादुरले दाङमा आफ्नो प्रभाव कायमै रहेको सन्देश दिएका छन् ।
कांग्रेसका अनुसार बिराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसले भीम पराजुलीलाई टिकट दिएको छ ।
प्रतिक्रिया 4