Comments Add Comment

मधेसमा दसैंको तयारी गर्ने कि भोट माग्ने ?

घटस्थापनाको तीन दिनअघि तेस्रो चरणको चुनाव

१ असार, काठमाडौं । सरकारले दुई नम्बर प्रदेशका ८ जिल्लामा असोज २ गते चुनाव गर्ने राजपासँग सहमति गरेको छ । यो सहमतिले मन्त्रिपरिषद र निर्वाचन आयोगबाट बैधानिकता पाउन बाँकी छ ।

तर, असोज २ कै मितिमा तेस्रो चरणको चुनाव गरियो भने २ नम्बर प्रदेशका मतदाता र उम्मदेवारहरुको दसैंलाई सामान्य प्रभाव पर्न सक्छ ।

यस वर्षको दसैं असोज ५ गतेबाट सुरु हुन्छ । असोज ५ गते घटस्थापना परेको छ । त्यसैगरी फूलपाती असोज ११ गते परेको छ भने विजया दशमी असोज १४ मा परेको छ ।

नेपालीहरुको महान चाड बडा दशैंको किनमेल असोजको पहिलो साताबाटै सुरु हुन्छ भने व्यापारी व्यवसायीहरु भदौको तेस्रो साताबाटै व्यस्त हुन्छन् ।

असोज २ गते मतदान गर्ने हो भने त्यसको तीन दिन पछि घरघरमा जमरा राख्नुपर्ने दिन सरकारी कर्मचारी र दलका कार्यकर्ताहरु मतगणास्थलमै केन्द्रित हुनुपर्ने स्थिति आउने छ ।

पहिलो चरणमा जस्तै मतगणनामा ढिलाइ हुने हो भने फूलपाती मनाउने दिनमा समेत मतगणना जारी रहन सक्छ ।

असोज २ गते आश्विन कृष्ण त्रयोदशी परेको छ । त्यसको भोलिपल्ट असोज ३ गते संविधान दिवस परेको छ ।

त्यसो त तराईमा मधेसी समदायले पहाडी समुदायको जस्तो भव्य रुपमा दसैं मनाउँदैनन् । तथापि मधेसमा पहाडे समुदायका क्षेत्री बाहुन र जनजातिहरुको पनि उल्लेख्य बसोबास रहेकाले दसैं र चुनाव अन्तर सम्बन्धित विषय बन्न सक्छ ।

सरकारले तेस्रो चरणको चुनावको मिति तय गर्दा असोज भन्द अघि सार्न वर्षायामले नदिने सक्ने अवस्था भए पनि भदोको दोस्रो सातापछि मधेसमा खासै काम हुँदैन । त्यसबेला मनसुन पनि प्रायः सकिन्छ । भदौ २८ मा थारुहरुले मनाउने जितिया पर्वबाहेक अन्य पर्वहरु खासै छैनन् ।

त्यसैगरी असोजपछिको कुरा गर्दा दशैं असोज १९ मा सकिन्छ र असोज ३१ देखि तिहार सुरु हुन्छ । भाइटीका कात्तिक ४ गते परेको छ । त्यस्तै कात्तिक ९ गते छठ पर्व परेको छ ।

सरकारले तेस्रो चरणको चुनावलाई धेरै पछि धकेल्दा प्रदेश र केन्द्रको चुनावलाई असर पर्ने सोचेको हुन सक्छ ।

सरकारले सम्भवतः छठपछि लगत्तै कात्तिक अन्त्यतिर प्रदेशको चुनाव नगरेर आगामी माघ ७ गतेभित्र केन्द्रको चुनाव गर्न निर्वाचन आयोगलाई समय नपुग्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment