Comments Add Comment

चुनावले डोर्‍यायो बजार, नेप्सेमा वृद्धि


१ असार, काठमाडौं । प्रदेश नम्बर २ मा बाहेक असारमा बाँकी रहेका सबै प्रदेशमा स्थानीय तहको चुनाव हुने भएपछि यसको असर नेप्सेमा पनि देखिएको छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने/नहुने अन्यौलले पनि बजार घटिरहेको मानिरहेका लगानीकर्ताहरु यो खबर पछि हौसिएका छन् । खबर सार्वजनिक भएलगत्तै १ बजेर १२ मिनेट जाँदा बजार सोझो रेखामा उक्लियो ।

यो क्रममा १६ सयको तह माथी नेप्से पुगेपनि त्यसपछि वृद्धि केही मत्थर भयो । बजार बन्द हुँदा भने नेप्से अघिल्लो दिनको तुलनामा ५.१० अंकले बढेर १ हजार ५ सय ८९ बिन्दुमा आइपुगेको छ ।

यद्यपी कारोबार रकम भने धेरे बढ्न सकेको छैन् । यस दिन ६७ करोड रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ‘अन्य’ बाहेक सबै समूहको परिसूचक बढेका छन् ।

भक्तपुर फाइनान्ससँगको मर्जर पछि कारोबार खुलेको सेन्ट्रल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ९.७१ प्रतिशतले वृद्धि भएको छ ।  मर्जर पछि कम्पनीले थप ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव असार २ गते हुने बिशेष साधारण सभामा लैजादैछ ।

यता, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.२५ प्रतिशतले घटेको छ । एभरेष्ट बैंकको सेयर कारोबार सबैभन्दा धेरै ६ करोड २१ लाख रुपैयाँ बराबर भएको छ ।

यद्यपी बजारले स्पष्ट दिशा समात्न सकेको छैन् । बैंकहरुको कर्जा तथा नक्षेपको ब्याजदरमा वृद्धिको प्रभाव पनि बजारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment