Comments Add Comment

घोषणा भयो शोभितको ‘बाबु कान्छा’, पूजाले ‘एक्सन’ भन्दा सलिनले ‘क्ल्याप’ हाने


सलोन फिल्मस्को प्रस्तुतीमा सलिना बस्नेतको निर्माणमा बन्न लागेको चलचित्र ‘बाबु कान्छा’को आज काठमाण्डौमा शुभसाइत गरिएको छ । निर्देशक शोभित बस्नेतले केही बर्षको अन्तरालपछि यो चलचित्र निर्देशन गर्न लागेका हुन् । यो चलचित्रमा शोभितकै कथा तथा लगानी छ ।

चलचित्रमा सलोन बस्नेत, ऋतिक शाही, करिश्मा श्रेष्ठ, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, सम्राट सापकोटा, लय संग्रौला, गीता अधिकारी, सुशान्त श्रेष्ठको मुख्य भूमिका रहनेछ । चलचित्रको छायांकन भोलीबाट सुरु हुनेछ । काठमाण्डौ, चितवन र दुबइमा चलचित्रको छायांकन हुनेछ ।
चलचित्रमा अश्लिन ज्ञवाली र ज्योत्सना महर्जन नव-कलाकारको रुपमा देखिदैछन् । बाबु श्रेष्ठको छायांकन, टंक बुढाथोकी र अल्मोडाको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रमा रवि अधिकारी कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रको शुभमुहुर्तमा कलाकार सरोज खनाल र नायक सलोन बस्नेतले संवाद बोलेका थिए । नायिका पूजा शर्माले मुहुर्त सर्टको निर्देशन गर्दा ‘ए मेरो हजुर २’ डेब्यू नायक सलिन मान बाँनियाले क्ल्याप हानेका थिए ।

कार्यक्रममा बोल्दै सलोनले एउटा उत्कृष्ट चलचित्र बनाउने प्रयास आफूहरुको रहेको बताए । शोभितले भने सलोन र आफ्नो फ्लेवर चलचित्रमा मिसाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment