+
+

राजपामा दुई धार, निर्वाचनबारे आज निर्णय गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७४ असार २ गते ६:२८

२ असार, काठमाडौं । सरकारले प्रदेश नम्बर २ मा निर्वाचन सारे पनि राजपाले प्रदेश १, ५ र ७ मा भाग लिने–नलिने अन्योल कायमै छ । प्रदेश नं. २ मा निर्वाचनको मिति सार्ने विषयमा दुई धार देखिएपछि शुक्रबार अध्यक्षमण्डलको बैठक बसेर राजपाले औपचारिक धारणा बनाउने भएको छ ।

अध्यक्षमण्डलका तीन सदस्य राजेन्द्र महतो, राजकिशोर यादव र अनिल झा काठमाडौंबाहिर भएकाले शुक्रबार मात्रै बैठक बस्ने भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

‘अध्यक्षमण्डलको बैठक बसेर औपचारिक धारणा सार्वजनिक गर्छौं।’ राजपा नेता अनिल झाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?