बलिउड अभिनेत्री कट्रिना कैफ यतिबेला आफ्ना दुई पूर्व प्रेमीहरुसँग एकसाथ नजिकिएकी छिन् । नजिकिनुको कारण हो उनका दुई फिल्म ।
कट्रिनाका दुई फिल्म अहिले निर्माणाधिन छन्, ‘टाइगर जिन्दा है’ र ‘जग्गा जासुस’ । एउटामा नायक सलमान खान छन् भने अर्कोमा रणवीर कपुर । यी दुवै नायक कट्रिनाका पूर्वप्रेमी हुन् ।
कट्रिना अहिले जग्गा जासुसको प्रमोसनमा भिडिरहेकी छिन् । यता टाइगर जिन्दा हैको प्रमोसनको तयारी पनि चलिरहेको छ ।
जग्गा जासुसको प्रमोसनका क्रममा उनी लगातार रणवीरसँगको भिडियो सेयर गरिरहेकी छिन् । अर्कोतर्फ सलमानसँगका तस्वीरहरु पनि सामाजिक सञ्जालमा राखिरहेकी छिन् । हालै मात्र उनी सलमानसँग अटोमा यात्रा गर्न पुगेकी थिइन् । यसका अलावा उनले सलमानसँगको एउटा फोटो सेयर गरिन् जसको निकै चर्चा भइरहेको छ । यस फोटोमा सलमान ‘सर्टलेस’ छन् भने कट्रिना उनको पछि देखिन्छिन् ।
जग्गा जासूस १४ जुलाईमा रिलिज हुँदैछ भने टाइगर २२ डिसेम्बरमा । हेरौं यी नायिकाले कुन फिल्मलाई बढि महत्व दिन्छिन् ।
प्रतिक्रिया 4