+
+
Shares

नेपाल आएर फ्रेन्च प्रहरीको अनुसन्धान

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३ गते ७:२४

३ असार, काठमाडौं । पारस्परिक कानूनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरी टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता स्वदेश फर्किएको छ ।

कुख्यात फ्रेन्च बालयौन चूरातारी फिलिप पटक–पटक नेपाल आएको खुलेपछि यहाँ उनको गतिविधि अध्ययन गर्न फ्रेन्च प्रहरी नेपाल आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?