+
+
Shares

शरणार्थी आवेदन दिएका दुई नेपालीलाई जापानले भन्यो- देश फर्क

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ३ गते ११:१७

१७ जुन, टोकियो । शरणार्थीका लागि आवेदन दिएका दुई नेपाली नागरिकलाई जापानको कानुन मन्त्रालयले देश फर्कन आदेश दिएको छ । पछिल्लो समय नेपालको अवस्था सामान्य रहेको भन्दै कानून मन्त्रालयले उनीहरुको आवेदनलाई उल्ट्याउँदै देश फर्कन निर्देशन दिएको समाचार जापानी सञ्चारमाध्यमले प्रकाशित गरेका छन् ।उनीहरुले माओवादीका कारण आफूहरु नेपालमा असुुरक्षित रहेको भन्दै शरणार्थीको रुपमा जापानमै बस्नका लागि आवेदन दिएका थिए ।

जापानी सञ्चारमाध्यमका अनुसार वर्तमान अवस्थामा माओवादी सेना विघटन भइसकेको र प्रहरीले पनि अपराधीहरुलाई कारवाहीको प्रक्रिया अघि बढाइसकेकाले देशको सुरक्षामा समस्या नभएको भन्दै शरणार्थीको रुपमा जापानमा बस्न आवश्यक नरहेको ठहर कानून मन्त्रालयको छ ।

तर शरणार्थीको पक्षमा वकालत गर्ने वकिलहरुले भने कानुन मन्त्रालयको यो कदमको विरोध गरेका छन् ।

मन्त्रालयले ती दुई नेपालीलाई शरणार्थीको मान्यता नदिर्इ १ वर्षको भिषा उपलब्ध गराएको छ । जसमा उनीहरुलाई काम गर्ने समयावधि भने तोकिएको छैन् ।

तर, यसअघि उनीहरुको आवर्दनलाई भने नागोया अदालतले शरणार्थी मान्यता दिएको थियो । आइचीकेनमा बस्दै आएका ४० र ६० वर्ष उमेरका दुबै नेपाली पुरुष भए पनि परिचय गोप्य राखिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?