Comments Add Comment

पत्रपत्रिकाका फ्रन्टपेजः दोस्रो चरण निर्वाचनको तयारी पूरा, मनोनयन आज

४ असार, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचन तयारी पूरा गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले मनोनयन दर्ता गर्न आइतबार बिहान ८ देखि साँझ ४ बजेसम्मको समय निर्धारण गरेको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । मधेसका जनता आन्दोलनभन्दा पनि निर्वाचनको मुडमा देखिएको सामग्रीलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वकासाथ छापेका छन् ।

गोरखापत्र दैनिकले दोस्रो चरणको निर्वाचन तयारी पूरा भएको र आज ३३४ स्थानीय तहमा उम्मेदवार मनोनय दर्ता गर्ने कार्यक्रम रहेको लेखेको छ । सरकारी संयन्त्रमा नेपालभाषाको चर्चा धेरै भए पनि काम भने कम भएको अर्को खबर पनि गोरखापत्रको पहिलो पृष्ठमा छ ।

नयाँ पत्रिका दैनिकले पहिलो चरणको निर्वाचनमा भएजस्तै चुनावी तालमेल यसपटक नभएको लेखेको छ । एसईई परीक्षामा २० विषयमा ए प्लस ग्रेड नआएको नयाँ पत्रिकाले लेखेको छ ।

कान्तिपुर दैनिकले कैलालीको टीकापुरमा सद्भाव बढेको लेखेको छ । एसईई परीक्षामा कति जीपीए ल्याएकाले कुन विषय पढ्न पाउँछन् भन्नेबारे पनि कान्तिपुरले एक सामग्री पस्केको छ ।

नागरिक दैनिकले मधेसी मतदाताको चाहना आन्दोलन नभएर चुनाव रहेको लेखेको छ । सरकार–राजपा बैठकको अन्तरकथा पनि नागरिकले छापेको छ । अन्नपूर्ण पोस्ट दैनिकले दार्जीलिङ उग्र बन्दै गएको लेखेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment