+
+
Shares

निर्वाचन रोक्ने तागत कसैसँग पनि छैनः खनाल

निर्वाचनपछि आर्थिक संवृद्धिको बाटो खुल्ने भनाइ

रासस रासस
२०७४ असार ५ गते ११:४६

५ असार, इलाम। नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।

इलाम सदरमुकाममा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता खनालले चुनाव सार्नुपर्ने कुनै कारण नभए पनि सरकारको लाचारीले पटक–पटक मिति परितर्वन गरिएको बताए । ‘मधेसका दुई–चार जना नेताको अघि सरकारले लाचारीपन देखायो’ उनले भने ।

पूर्वप्रम खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेको बताउँदै उनले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्न माग गरे ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?