+
+
Shares

नेपाल-चीन परामर्श संयन्त्र बैठकःसम्झौता कार्यान्वयनमा जोड

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ६ गते १३:५३

६ असार, काठमाडौं । नेपाल-चीन परामर्श संयन्त्र बैठकले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको छ ।

काठमाडौंमा मंगलबार बसेको नेपाल-चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।

नेपाल-चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो । बैठकमा नेपाली पक्षले ‘वान बेल्ट वान रोड’ सम्बन्धि चिनियाँ प्रस्तावलाई अघि बढाउने पुनः प्रतिवद्धता समेत जनाएको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र चिनियाँ पक्षको नेतृत्व सहायक विदेशमन्त्री कोङ सोन्यूले गरेका छन् ।

चीनले नेपालको आर्थिक विकासमा आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले भने नेपालको भूमिका चीन विरोधि गतिविधि नहुन नदिने प्रतिवद्धता पनि दोहोर्‍याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?