+
+
Shares

राप्रपाभित्र बहसः सिंहदरबार पस्दा भोट घट्यो, अब सरकारमा नजाऊ

रासस रासस
२०७४ असार ७ गते ११:४३

७ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ ।

पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको हो । सरकार पनि चुनाव पछाडि नै विस्तार गरिने तयारी छ ।

पार्टीभित्र सरकारमा जाने तथा नजाने विषयमा ठूलो विवाद देखापरेको छ । गणतान्त्रिक व्यवस्थाको सरकारमा पार्टी सहभागी भएका कारण चुनावमा पराजय भोग्न परेको केही नेताको भनाइ छ ।

पार्टीका प्रवक्ता भुवन पाठकले आफ्नो पार्टीले चुनावलाई प्राथमिकतामा राखेकाले सरकारमा जाने वा नजाने विषयलाई महत्व नदिएको बताए । नयाँ सरकार गठनका बेलामा नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्रीका उम्मेदवार एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरी सरकारमा सहभागी हुन आग्रह गरेको भए पनि सरकार गठनका समय बेवास्ता गरेपछि सरकारमा नजानका लागि पार्टीको एउटा समूहले दबाब दिएको प्रवक्ता पाठकले जानकारी दिए ।

अहिले चुनाव हुन लागेका सबै स्थानमा पार्टीले सक्रियता बढाउने र राम्रो सफलता कायम गर्नका लागि शीर्ष नेतृत्वलाई चुनावी क्षेत्रमा जान निर्देशन दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?