+
+
Shares

मोदीको रोलमा अक्षय कुमार !

अनलाइनखबर अनलाइनखबर
२०७४ असार ८ गते ९:००

बलिउडमा अहिले बायोपिकको बाढी नै आइरहेको छ । यही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि फिल्म बनाउने तयारी चलिरहेको छ ।

यसअघि मोदीको भूमिकाका लागि परेश रावल, अनुपम खेर, भिक्टर बेनर्जी जस्ता नामहरु चर्चामा थिए । तर, अहिले एकाएक अक्षय कुमारले यो भूमिका निभाउने सम्भावना बढेको छ ।

भारतीय जनता पार्टीका नेता तथा अभिनेता शत्रुधन सिन्हाका अनुसार अक्षय भारतका मिस्टर क्लिन हुन् । त्यसैले मोदीको रोल उनलाई नै सुट गर्छ । यता, सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनका चेयरपर्सन पहलाज निहलानीको भनाई पनि मोदीको भूमिकामा अक्षयभन्दा उत्तम अर्को कलाकार हुन सक्दैन ।

अक्षय चाँडै नै ‘ट्वाइलेट एक प्रेमकथा’ मार्फत दर्शकमाझ आउँदैछन् । अहिले उनी सो फिल्मको प्रमोसनमा व्यस्त छन् । यही क्रममा हालै उनले प्रधानमन्त्री मोदीसँग पनि भेट गरेका थिए । अक्षय मोदीका एक फ्यान पनि हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?