Comments Add Comment

आर्थिक समृद्धीका लागि एमालेको जित आवश्यक छ : भुसाल


८ असार, भैरहवा । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले सिद्धार्थनगर (भैरहवा) लाई पर्यटकीय र आर्थिक समृद्ध नगर बनाउन एमालेको जित आवश्यक भएको बताएका छन् ।

विभिन्न कालखण्डमा सिद्धार्थनगरले रुपन्देही जिल्ला र सिंगो राष्ट्रको नेतृत्व गरेको बताउँदै उनले आगामी दिनमा पनि हुनसक्ने घटना, दुर्घटना र उपलब्धीहरुको रक्षाका लािग एमालेले जित्नु पर्ने बताए ।

एमाले सिद्धार्थनगर चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भुसालले नगर विकासको रोल मोडल एमालेसँग मात्रै भएको बताए ।

‘अहिले हामी नेपाली राजनीतिको ऐतिहासिक मोडमा छौं,’ उनले भने,’ ठूलो त्याग, बलिदानी र निरन्तरको सामाजिक रुपान्तरणको आन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको महान उपलब्धी नेपालको संविधान कार्यान्वयन सँगसँगै राष्ट्रयको गहनाको रुपमा रहेको सिद्धार्थनगरको विकास गर्न एमालेको जित आवश्यक छ ।’

यस्तै एमाले सिद्धार्थनगरको मेयर पदका उम्मेदवार हरिप्रसाद अधिकारीले आफू विजयी भए प्रतिबद्धता पत्रमा जारी गरिएको ६५ बुँदालाई क्रमशः कार्यान्वयन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment