Comments Add Comment

बाजुराका ४ मतदान केन्द्र सम्पर्कविहीन, पुग्न पाँच दिन लाग्ने

९ असार, काठमाडौं । बाजुरा जिल्लामा रहेका केही मतदान केन्द्र सूचनाविहीन रहने भएका छन् । मतदान केन्द्रमा के भयो भन्ने थाहा पाउन मात्र दुई–तीन दिन लाग्ने अवस्था छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले हिमालभक्ति प्रावि, बिच्छँया मावि, ठूलाकोट निमावि र गंगा निमावि बौडीस्थित मतदान केन्द्र सञ्चारविहीन रहेको जनाएको छ ।

भौगोलिक रूपमा विकट भएकाले जिल्लाका चारवटा मतदान केन्द्र पूर्ण रूपमा सूचनाविमुख रहेका छन् । ती मतदान केन्द्र सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा छन् ।

बाजुराको निकै विकटमा रहेका बिच्छँया मतदान केन्द्रको सूचना आदानप्रदान गर्न दुई दिन लगाएर कवाडी प्रहरी चौकीमा पुग्नुपर्ने हुन्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment